२६ पुस २०८१, शुक्रबार

ललिता निवास जग्गा प्रकरण : पूर्वमुख्यसचिव लीलामणि पौड्यालसँग सीआईबीले लियो बयान


लीलामणि पौडयाल

काठमाडौँ । ललिता निवास जग्गा घोटाला प्रकरणमा पूर्वमुख्यसचिव लीलामणि पौड्यालसँग केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले बयान लिएको छ । सीआईबीका अनुसन्धान अधिकृतले पौड्यासँग ६ घण्टाभन्दा बढी बयान लिएका हुन् ।

हिजो आइतबार सीआईबीमा उपस्थित भएका उनीसँग राति अबेरसम्म विषयवस्तुमा केन्द्रित रहेर बयान लिएको । सीआईबीले पौड्याललाई बोलाएर २०६९ सालको मन्त्रिपरिषदको निर्णय र त्यसलाई प्रमाणीकरण गरेर पठाइएको पत्रबारे जानकारी माग गरेको हो ।

सर्वोच्च अदालतले मन्त्रिपरिषद्ले गरेको चारवटा निर्णयमा संलग्नहरूलाई पनि अनुसन्धानको दायरामा ल्याउन आदेश गरेसँगै सीआईबीले पौड्यालसँग पनि बयान लिएको हो ।

सर्वोच्चको पछिल्लो आदेशसँगै तत्कालीन प्रधानमन्त्री बाबुराम भट्टराईको पालामा मुख्य सचिव बनेका पौड्यालमाथि सीआईबीले अनुसन्धान अघि बढाएको हो । पौड्याल २०६९ साउन २२ देखि २०७२ साउन २१ सम्म मुख्य सचिव थिए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !