१९ बैशाख २०८१, बुधबार

नेपाली कांग्रेसको संसदीय दलको बैठक जारी


कांग्रेसको संसदीय दलको बैठक

काठमाडौं । सत्ता साझेदार दल नेपाली कांग्रेसको संसदीय दलको बैठक जारी रहेको छ । कांग्रेसको संसदीय दलको बैठक आज आइतबार दिउँसो नयाँ बानेश्वरस्थित संसद भवनको लोत्से हलमा जारी रहेको हो ।

शुक्रबारदेखि सुरु भएको बैठक आज पनि बसेको हो । शुक्रबारको बैठकमा १९ जनाले आफ्नो धारणा राखेका थिए । बैठकमा संसदको गतिरोध, कांग्रेसको भूमिका र जनजीविकाका विषयमा छलफल हुने बताइएको छ ।

शुक्रबार बसेको बैठकले बाढी पहिरोको प्रकोप, डेंगु र आँखा पाक्ने रोग, लम्पी स्किन नियन्त्रण गर्न सरकारसँग माग गरेको थियो । साथै सुनील शर्मा पक्राउ बैठकमा सांसदहरुले गम्भीर ढंगले कुरा राखेका थिए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !