२१ बैशाख २०८१, शुक्रबार

संसद्को गतिरोधप्रति चासो देखाउँदै राष्ट्रपतिले गरे सभामुख र राष्ट्रियसभाका अध्यक्षसँग छलफल


राष्ट्रपति, सभामुख र राष्ट्रियसभाका अध्यक्षसँग छलफल

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले संसद्मा जारी गतिरोधप्रति चासो व्यक्त गरेका छन् । सभामुख देवराज घिमिरे र राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सेनासँग शीतल निवासमा शुक्रबार बिहान भएको भेटमा उनले संसद्को गतिरोधप्रति चासो राख्नुभएको राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलले जानकारी दिए ।

राष्ट्रपति पौडेलले लामो समय संसद् चल्न नसक्दा जनतामा नैराश्यता बढ्ने र कानून निर्माणमासमेत बाधा पुग्ने भन्दै गतिरोध हटाउन भइरहेको पहलबारे जिज्ञासा राखेका थिए ।

राष्ट्रपति पौडेलले सत्ता र प्रतिपक्षलगायत संसद्मा रहेका सबै दलहरूलाई विश्वासमा लिएर संसद खुलाउनका लागि आवश्यक पहल गर्न सभामुख घिमिरे र राष्ट्रियसभा अध्यक्ष तिमिल्सेनाको ध्यानाकर्षण गराएका थिए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !