२१ बैशाख २०८१, शुक्रबार

राष्ट्रियसभाको बैठक आज बस्दै, यस्तो छ सम्भावित कार्यसूची


राष्ट्रियसभाको बैठक

काठमाडौं । राष्ट्रियसभाको बैठक आज बस्दै छ । नयाँ वानेश्वरस्थित संघीय संसद भवनमा राष्ट्रियसभाको बैठक आज बिहान ११ बजेका लागि बैठक बोलाइएको संसद् सचिवालयले जनाएको छ ।

आजको बैठकमा राष्ट्रपति कार्यालयबाट प्राप्त कार्यभार तोकिएको र विधेयक प्रमाणीकरण सम्बन्धी पत्रहरूको ब्यहोरा पढेर सुनाउने तथा प्रधानमन्त्री तथा मन्त्रीपरिषद् कार्यालयबाट प्राप्त कार्यभार तोकिएको पत्र पढेर सुनाइने सम्भावित कार्यसूची रहेको छ ।

यस्तै आजको बैठकमा विधायन व्यवस्थापन समितिका सभापति जयन्तीकुमारी राईले संविधान अनुसार बन्न बाँकी कानुनहरूको अध्ययन प्रतिवेदन २०८० बैठकमा पेस गर्ने कार्यसूची रहेको छ ।

प्रमुख प्रतिपक्षी दल एमालेले सुन तस्करी प्रकरणमा उच्चस्तरीय छानबिन समिति गठनको माग गर्दै राष्ट्रियसभा बैठक पनि लामो समयदेखि बैठक अवरोध गर्दै आएको छ ।

यस्तो छ आजको राष्ट्रियसभाको बैठकको सम्भावित कार्यसूची

राष्ट्रियसभाको बैठकको सम्भावित कार्यसूची


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !