२२ बैशाख २०८१, शनिबार

माओवादी केन्द्रको संसदीय दलको बैठक जारी


माओवादी केन्द्रको संसदीय दलको बैठक

काठमाडौं । सत्तारूढ दल नेकपा (माओवादी केन्द्र) को संसदीय दलको बैठक जारी छ । सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा बैठक बिहान ८ बजेदेखि जारी रहेको हो ।

माओवादीको जारी संसदीय दलको बैठकमा केन्द्रीय समिति बैठकको समीक्षा, संसद्को गतिरोध अन्त्यका लागि पार्टीको भूमिका, सरकारको कामकारबाहीलगायत विषयमा छलफल भइरहेको छ । संसद् बैठकअघि माओवादीको संसदीय दलको बैठक बसेको हो ।

संघीय संसद्का दुवै सदनको बैठक आजै दिउँसो बस्दै छ । प्रतिनिधिसभाको बैठक दिउँसो १ बजे बस्ने तय भएको छ भने राष्ट्रियसभाको बैठक दिउँसो १ बजेर १ मिनेटमा बस्ने भएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !