२१ बैशाख २०८१, शुक्रबार

ललिता निवास प्रकरणमा दुई पूर्वप्रधानमन्त्रीलाई जेल हाल्नुपर्छ : ज्ञानेन्द्र शाही


ज्ञानेन्द्र शाही

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसद ज्ञानेन्द्र शाहीले तत्कालिन दुई पूर्वप्रधानमन्त्रीलाई पक्राउ गरेर जेल हाल्नुपर्ने बताएका छन् । आज प्रतिनिधिसभाको बैठकको आकस्मिक समयमा बोल्दै उनले यस्तो बताएका हुन् ।

सांसद शाहीले ललिता निवास प्रकरणमा विगतदेखि नाम जोडिने गरेका दुई पूर्वप्रधानमन्त्रीहरुलाई पक्राउ गरेर जेल हाल्नुपर्ने बताए तर नाम भने लिएनन् । ललिता निवास प्रकरणमा विगतदेखि दुई पूर्वप्रधानमन्त्रीहरु माधवकुमार नेपाल र डा. बाबुराम भट्टराईको नाम जोडिदै आएको छ ।

उनले बालुवाटारको ललिता निवास प्रकरणमा अन्य मान्छेहरु पक्राउ गरेर स्टन्टबाजी मात्र भएको भनेर पत्रपत्रिकामा समाचार आइरहेको बताए ।

उनले मन्त्रिपरिषदको निर्णयअनुसार २०६६ साल चैत २९ गते, २०६७ साल बैशाख ३१, २०६७ साल साउन २८ गते र २०६९ साल असोज १८ गते तत्कालिन मन्त्रिपरिषदको निर्णयले बालुवाटार जग्गामा तत्कालिन प्रधानमन्त्रीहरुले ११३ रोपनी जग्गामा नक्कली मोही खडा गरी दिएको स्मरण गराए ।

उक्त निर्णय गर्ने तत्कालिन मन्त्रिपरिषदका पूर्वप्रधानमन्त्री र मन्त्रीहरु कोही यही संसदमा रहेको र कोही बाहिर बाटोमा कराइरहेपनि गृहमन्त्रीले रामजात्रा हेरेर बसेको भनेर आक्रोश व्यक्त गरे ।

हेर्नुहोस् यस्तो छ सांसद शाहीले संसद बैठक बोलेको भिडियो


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !