२० बैशाख २०८१, बिहिबार

विनियोजन विधेयक पारित गर्न राष्ट्रियसभाको बैठक आज बस्दै


राष्ट्रियसभाको बैठक फाइल फोटो

काठमाडौं । राष्ट्रियसभाको बैठक आज बस्दै छ । नयाँवानेश्वरस्थित संघीय संसद् भवनमा राष्ट्रियसभाको बैठक आज बिहान १० बजेर १ मिनेट जाँदा बस्ने भएको हो ।

संसद सचिवालयका अनुसार आज बस्ने बैठकमा विनियोजन विधेयक २०८० पारित हुँदै छ । विनियोजन विधेयक, २०८० अन्तर्गत विभिन्न शीर्षकहरूमाथिको छलफलका क्रममा उठेका प्रश्नको सम्बन्धित मन्त्रीहरूले जवाफ दिने कार्यसूची रहेको छ ।

यस्तै राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले विनियोजन विधेयक, २०८० अन्तर्गत विभिन्न शीर्षकहरूमा प्रस्तुत खर्च कटौतीका प्रस्तावलाई प्रस्तुत गर्नेछन् ।

त्यस्तै अर्थमन्त्री डा. प्रकाशशरण महतले प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त ‘विनियोजन विधेयक, २०८० पारित गर्न प्रस्ताव पेस गर्ने सम्भावित कार्यसूची रहेको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !