![उद्धव थापाले लिए शपथ](https://i0.wp.com/nepalpatra.com/wp-content/uploads/2023/07/KOshi-Uddhab-thapa-Sapath1.jpg?fit=1024%2C576&ssl=1)
विराटनगर । कोशी प्रदेशका नवनियुक्त मुख्यमन्त्री उद्धव थापाले शपथ लिएका छन् । हिजो बिहीबार मुख्यमन्त्रीमा नियुक्त भएका थापालाई प्रदेश प्रमुख परशुराम खापुङले आज पद तथा गोपनीयताको शपथ ग्रहण गराएका हुन् ।
थापाले आजै सानो आकारको ती सदस्यीय मन्त्रीमण्डल गठन गरेका छन् । काँग्रेसबाट प्रदीपकुमार सुनुवार र नेकपा (एकीकृत समाजवादी) बाट कमल प्रसाद जबेगुले पनि मन्त्रीको शपथ लिएका छन् ।
माओवादी केन्द्रबाट कसलाई मन्त्री बनाउने भन्ने टुङ्गो लागि नसकेको बताइएको छ । मन्त्री छनोटका लागि छलफलमै रहेको माओवादी केन्द्रले जनाएको छ ।