१९ बैशाख २०८१, बुधबार

तरुण दलको केन्द्रीय समितिमा पुरुषोतम चौलागाई मनोनित


पुरुषोतम चौलागाई

काठमाडौँ । तरुण दलको केन्द्रीय समितिमा पुरुषोतम चौलागाई मनोनित भएका छन् । नेपाली कांग्रेस शंखरापुरका युवा नेता पुरुषोतम चौलागाईं तरुण दलको केन्द्रीय सदस्यमा मनोनित भएका हुन् ।

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले विद्वान गुरुङको अध्यक्षतामा तरुण दलको केन्द्रीय कार्य समितिलाई पुर्णता दिएसँगै चौलागाई केन्द्रीय सदस्यमा मनोनित भएका हुन् ।

शंखरापुर नगरपालिका वडा नं–२ को पटाप जस्तो दुर्गम ठाउँमा जन्मिएका चौलागाईं माओवादी द्वन्द्वकालमा समेत संगठन निर्माणमा सक्रिय रहेका थिए । काठमाडौंको कर्णाली भनेर चिनिएको दुर्गम गाउँ पटापको खानेपानी, सडक पूर्वाधार र स्वास्थ्य क्षेत्रको विकासमा सक्रिय रहेका चौलागाईंकै नेतृत्वमा गत स्थानीय तहको निर्वाचनमा कम्युनिष्टको गढको रुपमा रहेको शंखरापुर वडा नं–२ मा वडा अध्यक्ष सहित सम्पूर्ण प्यानल विजयी गराएका थिए ।

यस अघि नेपाल तरुण दल काठमाडौ क्षेत्र नं–२ का क्षेत्रीय सभापति रहेका चौलागाई युवाहरुमाझ लोकप्रिय र मिलनसार व्यक्तिको रूपमा चिनिन्छन् भने पछिल्लो समय काँग्रेस महामन्त्री गगन थापा निकट रहेर काम गरिरहेको कांग्रेस स्रोतको भनाइ छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !