२१ बैशाख २०८१, शुक्रबार

अन्तत: अस्पतालबाट डिस्चार्ज भए राष्ट्रपति पौडेल


रामचन्द्र पौडेल फाइल फोटो

काठमाडौं । अन्तत: राष्ट्रपति रामचन्द्र पौडेल अस्पतालबाट डिस्चार्ज भएका छन् । काठमाडौँको महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालमा उपचार गराएर उनी ११ दिनपछि डिस्चार्ज भएर राष्ट्रपति कार्यालय फर्किएका हुन् ।

राष्ट्रपति कार्यालयकी प्रवक्ता शैलजा रेग्मी भट्टराईले आज एक विज्ञप्ति जारी गर्दै राष्ट्रपति पौडेल अस्पतालबाट डिस्चार्ज भएको जानकारी दिएकी हुन् । चिकित्सकका अनुसार उनको स्वास्थ्य अवस्था सामान्य रहेको छ ।

स्वास्थ्यमा समस्या देखिएपछि राष्ट्रपति पौडेल गत असार २ गते अस्पताल भर्ना भएका थिए । राष्ट्रपति पौडेललाई मनमोहन कार्डियोथेरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा भर्ना गरी उपचार गरिएको थियो ।

राष्ट्रपतिले उपचारमा संलग्न डाक्टर तथा शुभचिन्तकहरुलाई धन्यवाद दिएको राष्ट्रपति कार्यालयले जनाएको छ । राष्ट्रपति पौडेलले उपचारका लागि गठित विशेषज्ञ समूहमा संलग्न चिकित्सक, परामर्श समूहमा संलग्न विभिन्न अस्पतालका चिकित्सक, स्वास्थ्यकर्मी, कर्मचारी तथा सुरक्षाकर्मीका साथै उनको स्वाथ्यप्रति चासो एवं चिन्ता व्यक्त गर्ने सम्पूर्णमा धन्यवाद दिएका हुन् ।

अन्तत: अस्पतालबाट डिस्चार्ज भए राष्ट्रपति पौडेल


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !