१९ बैशाख २०८१, बुधबार

विनियोजन विधेयक प्रतिनिधिसभाबाट बहुमतले पारित


प्रतिनिधिसभाको बैठक

काठमाडौँ । प्रतिनिधिसभाबाट विनियोजन विधेयक बहुमतले पारित भएको छ । प्रतिनिधिसभाको आजको दोस्रो बैठकले विनियोजन विधेयक, २०८० लाई बहुमतले पारित गरेको हो ।

बैठकमा अर्थमन्त्री डा. प्रकाशशरण महतले सो विधेयक पारित गरियोस् भनी प्रस्ताव राखेका थिए । अर्थमन्त्री महतले राखेको प्रस्तावलाई सभामुख देवराज घिमिरेले हुन्छ वा हुँदैन भनी ध्वनी मतका आधारमा हुन्छ भन्ने पक्षमा बहुमत देखा परेको उल्लेख गर्दै बजेट पारित भएको घोषणा गरेका थिए ।

यद्यपि बजेट पारित भएको घोषणा गरिसकेपछि एमालेले मत विभाजनको माग गरेको थियो । एमाले सचेतक महेश बर्तौलाले मत नियमावलीको ध्यानाकर्षण गराउँदै मत विभाजन माग गरेपछि सभामुखले मत विभाजनको नियम सुनाएर मत विभाजनको प्रक्रिया थालेका थिए ।

आजको प्रतिनिधिसभाको बैठकमा २५५ जना सांसदहरु उपस्थित भएका थिए । मत विभाजन हुँदा उक्त विनियोजन विधेयक, २०८० पारित गरियोस् भन्ने पक्षमा १४७ मत र बिपक्षमा १०८ मत परेको थियो ।

प्रतिनिधिसभाको बैठकमा आज उपस्थित संख्याको १४७ मत बहुमत भएकोले विनियोजन विधेयक, २०८० बहुमतले पारित भएको सभामुख घिमिरेले घोषणा गरेका हुन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !