५ जेष्ठ २०८१, शनिबार

मुद्दा फिर्ता लिने सरकारको निर्णय कार्यान्वयन नगर्न सर्वोच्चको अन्तरिम आदेशपछि चलाउनेलाई राहत


प्रेम चलाउने

काठमाडौं । त्रिभुवन विश्वविद्यालयका उपप्राध्यापक प्रेम चलाउनेको रिटमा सर्वाेच्च अदालतले अन्तरिम आदेश जारी गरेको छ । सर्वोच्चले उपप्राध्यापक चलाउनेलाई राहत पुग्ने गरी अन्तरिम आदेश जारी गरेको हो ।

चलाउनेलाई ज्यान मार्ने उद्देश्यले कुटपिट गर्नेको मुद्दा फिर्ता लिने सरकारको निर्णय कार्यान्वयन नगर्न आज बिहीबार सर्वोच्चले अन्तरिम आदेश जारी गरेपछि चलाउनेलाई राहत मिलेको छ ।

न्यायाधीश मनोजकुमार शर्माको एकल इजलासले सरकारको नाममा यस सम्बन्धमा कारण देखाउन आदेश समेत जारी गरेको छ । यो आदेशसँगै सरकारले फिर्ता लिएको नेविसंघका नेताहरूविरुद्धको मुद्दाबाट अभियुक्तहरूले उन्मुक्ति पाउने प्रक्रिया तत्कालको लागि रोकिएको छ ।

आफूमाथि सांघातिक आक्रमण गर्ने नेविसंघका कार्यकर्ताविरुद्धको मुद्दा फिर्ता लिने निर्णयविरुद्ध उपप्राध्यापक चलाउनेले सर्वोच्चमा रिट निवेदन दर्ता गराएका थिए । उनले आफ्नो रिट निवेदनमा मुद्दा फिर्ता लिने सरकारको सरकारको निर्णय गैरकानुनी, असंवैधानिक र अपराधीलाई संरक्षण गर्ने प्रकृतिको रहेको भन्दै त्यसलाई खारेज गर्न माग गरेका छन् ।

समाजशास्त्रका उपप्राध्यापक चलाउनेमाथि विसं २०७७ असोज २० गते नेविसङ्घका कार्यकर्ताले त्रिभुवन विश्वविद्यालय केन्द्रीय क्याम्पस परिसरमा नै सांघातिक आक्रमण गरेका थिए । ज्यान मार्ने उद्योगमा मुद्दा चलिरहेका हरि आचार्य, योगेन्द्र रावल लगायतको मुद्दा फिर्ता लिने सरकारले निर्णय गरेको थियो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !