२२ बैशाख २०८१, शनिबार

खाँण र रायमाझीसहित १६ जनालाई थुनामा पठाउने अदालतको आदेश


बालकृष्ण खाँण र टोपबहादुर रायमाझी

काठमाडौं । जिल्ला अदालत काठमाडौंले नक्कली भुटानी शरणार्थी प्रकरणमा १६ जनालाई थुनामा पठाउने आदेश दिएको छ । नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर करोडौं ठगी गरी अमेरिका पठाएको प्रकरणमा जिल्ला अदालत काठमाडौंले १६ जनालाई थुनामा पठाउने आदेश दिएको हो ।

नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी, पूर्वगृहमन्त्री बालकृष्ण खाण, निलम्वित सचिव टेकनारायण पाण्डे, तत्कालीन गृहमन्त्री रामबहादुर थापाका सुरक्षा सल्लाहकार इन्द्रजीत राई, भुटानी शरणार्थीका नेता टेकनाथ रिजाल, केशव दुलाल र सानु भण्डारीलगायत १६ जनालाई पूर्पक्षका लागि थुनामा राख्न आदेश गरेको हो ।

जिल्ला अदालत काठमाडौँका न्यायाधीश प्रेमप्रसाद न्यौपानेको इजलासमा भएको थुनछेक बहसपछि २ जनालाई भने धरौटीमा छाड्ने आदेश दिइएको छ । अदालतले लक्ष्मी महर्जन र टंक राईलाई धरौटीमा रिहा गर्ने आदेश दिएको हो ।

उक्त प्रकरणमा प्रतिवादी बनाइएका ३० जनामध्ये १८ जना पक्राउ परेका थिए । महर्जनलाई ५ लाख र गुरुङलाई १० लाख धरौटीमा रिहा गर्ने आदेश भएको हो । रायमाझी, खाणसहित अन्य १६ जना प्रतिवादी भने पुर्पक्षका लागि जेल चलान भएका छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !