२१ बैशाख २०८१, शुक्रबार

बन्दरगाहसँग भूमि सट्टापट्टा र नागरिकताबारे प्रधानमन्त्रीले संसदमा स्पष्टीकरण दिने


प्रधानमन्त्री प्रचण्ड संसदमा फाइल फोटो

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आज संसदमा सम्वोधन गर्ने भएका छन् । बन्दरगाहसँग नेपाली भूमि सट्टापट्टा र नागरिकता विधेयक प्रमाणीकरणबारे प्रधानमन्त्री प्रचण्डले संसदमा स्पष्टीकरण दिन लागेका हुन् । प्रतिनिधिसभाको बैठक आज बिहान ११ बजेका लागि बोलाइएको छ ।

प्रधानमन्त्री प्रचण्डले सरकारले निष्क्रिय रहेको नागरिकता विधेयक प्रमाणीकरणका लागि राष्ट्रपतिलाई गरेको सिफारिस र फूलबारी बन्दरगाह प्रयोग गर्न नेपालको भूमि लिपुलेकको सट्टापट्टा गर्न सकिने भनेर दिएको अभिव्यक्तिबारे स्पष्टीकरण दिने भएका हुन् ।

नागरिकता विधेयक प्रमाणीकरण र बन्दरगाहसँग नेपाली भूमि साट्ने प्रधानमन्त्रीको अभिव्यक्तिप्रति आपत्ति प्रकट गर्दै प्रमुख प्रतिपक्ष नेकपा (एमाले) सहित राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले हिजो संसद् अवरोध गरेका थिए ।

तीन प्रतिपक्षी दलहरुले नागरिकता विधेयक सच्याउनुपर्ने र जमिन साटफेर गर्ने अभिव्यक्ति फिर्ता लिएर माफी माग्नुपर्ने अडान राखेका छन् । संसदको अवरोध हटाउन बारेमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र सभामुख देवराज घिमिरेबीच आज छलफल भएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !