१९ बैशाख २०८१, बुधबार

संसदको अवरोध हटाउने बारेमा प्रधानमन्त्री र सभामुखबीच छलफल


प्रधानमन्त्री प्रचण्ड र देवराज घिमिरे फाइल फोटो

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र सभामुख देवराज घिमिरेबीच भेटवार्ता भएको छ । संसदको अवरोध हटाउन बारेमा प्रधानमन्त्री प्रचण्ड र सभामुख घिमिरेबीच छलफल भएको हो ।

सभामुख घिमिरेले प्रतिनिधिसभाको अवरोध हटाउन प्रधानमन्त्री प्रचण्डसँग छलफल गरेका हुन् । प्रधानमन्त्रीसँगको छलफलमा सभामुख घिमिरेले बजेट पारित गर्न समयको चाप रहेको स्मरण गराउँदै विपक्षी दलसँग संवाद गर्न आग्रह गरेका हुन् ।

आइतबार प्रतिनिधिसभा अवरोध भएलगत्तै सभामुखले प्रधानमन्त्रीसँग टेलिफोन संवाद गरेका थिए । सभामुखसँगको संवादमा प्रचण्डले सदनमा विपक्षीले उठाएको मागबारे आफू जानकार रहेको भन्दै सोमबारको संसद्मा आफूले स्पष्टीकरण दिने बताएका छन् ।

नागरिकता विधेयक प्रमाणीकरणसम्बन्धी विषय उठाएर प्रमुख प्रतिपक्ष नेकपा (एमाले) सहित राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले हिजो संसद् अवरोध गरेका थिए । प्रतिनिधिसभाको बैठक आज बिहान ११ बजेका लागि बोलाइएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !