२२ बैशाख २०८१, शनिबार

सरकारले आज आर्थिक वर्ष २०८०/८१ को बजेट ल्याउँदै


डा. प्रकाशशरण महत संसदमा

काठमाडौं । सरकारले आज आर्थिक वर्ष २०८०/८१ को बजेट ल्याउँदै छ । सरकारले आगामी आर्थिक वर्ष २०८०/८१ को बजेट आज अपरान्ह ४ बजे सार्वजनिक गर्ने भएको हो ।

अर्थमन्त्री डा. प्रकाशशरण महतले आज बस्ने संघीय संसद्को दुवै सदन प्रतिनिधिसभा र राष्ट्रियसभाको संयुक्त बैठकमा आगामी आर्थिक वर्ष २०८०/८१ को बजेट सार्वजनिक गर्नेछन् ।

सभामुख देवराज घिमिरले नेपाल सरकारको तर्फबाट आ.ब २०८०/८१ को लागि राजश्व र व्ययको अनुमान (बजेट) प्रस्तुत हुने कार्यक्रममा आज अपरान्ह ४ बजे अगाडि नै प्रतिनिधिसभा कक्षमा उपस्थित भइसक्न दुवै सदनका सम्पूर्ण सांसदहरुलाई रुलिङ समेत गरेका छन् ।

नेपाल सरकारले प्रस्तुत गरेको आगामी आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रम जेठ १३ गते शनिबार प्रतिनिधिसभाबाट पारित भएको थियो भने उक्त नीति तथा कार्यक्रम जेठ ९ गते मंगलबार राष्ट्रियसभाबाट बहुमतले पारित भएको थियो ।

यसअघि राष्ट्रपति रामचन्द्र पौडेलबाट प्रस्तुत भएको सरकारको नीति तथा कार्यक्रम दुवै सदनबाट पारित भएपछि सरकारले आज बजेट ल्याउन लागेको हो ।संवैधानिक व्यवस्था अनुसार सरकारले जेठ १५ गते नै बजेट ल्याउनुपर्ने बाध्यकारी संवैधानिक व्यवस्था रहेको छ ।

सरकारले आर्थिक सुधार गर्ने कार्यक्रमलाई सम्बोधन गर्ने गरी बजेट ल्याउने भएको छ । १७ खर्बभन्दा केही रकम बढ्ने गरेर अर्थ मन्त्रालयले बजेट ल्याउने तयारी गरेको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !