१९ बैशाख २०८१, बुधबार

बागमती प्रदेश सरकारले आज नीति तथा कार्यक्रम ल्याउँदै


बागमती प्रदेशसभा

बागमती । बागमती प्रदेश सरकारले आज नीति तथा कार्यक्रम ल्याउँदै छ । बागमती प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रम आज प्रस्तुत गर्ने भएको हो ।

आज दिउँसो २ बजे बस्ने प्रदेशसभाको बैठकमा प्रदेश प्रमुख यादवचन्द्र शर्माले नीति तथा कार्यक्रम प्रस्तुत गर्ने कार्यक्रम तय भएको प्रदेशसभा सचिवालयका सचिव कृष्णहरि खड्काले जानकारी दिए ।

तर बागमती प्रदेशसभामा प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) ले आफूले दिएका सुझाव र बुँदाका आधारमा सरकारले नीति तथा कार्यक्रम नल्याए संसद अवरोध गरेर पास हुन नदिने चेतावनी दिएको छ ।

बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्मकट्टेलका अनुसार सरकारको नीति तथा कार्यक्रमका आधारमा आगामी आर्थिक वर्षको बजेट ल्याइने छ । सभामुख भुवनकुमार पाठकले आज प्रदेशसभाका सदस्यलाई औपचारिक पोसाकमा उपस्थित हुन अनुरोध गरेका छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !