२२ बैशाख २०८१, शनिबार

प्रतिनिधिसभाको बैठकमा आज आर्थिक सर्वेक्षण पेस गरिने


डा. प्रकाशशरण महत

काठमाडौं । प्रतिनिधिसभाको बैठक आज बस्दै छ । नयाँ वानेश्वरस्थित संसद भवनमा आज अपराह्न १ बजे प्रतिनिधिसभाको बैठक बस्ने भएको हो ।

संघीय संसद् सचिवालयका अनुसार आज अपराह्न बस्ने बैठकमा अर्थमन्त्री डा. प्रकाशशरण महतले आव २०७९/०८० को आर्थिक सर्वेक्षण पेस गर्ने कार्यसूची रहेको जानकारी दिएको छ ।

यसअघि आजै बिहान ११ बजे बस्ने संघीय संसदअन्तर्गत दुवै सदन प्रतिनिधिसभा र राष्ट्रियसभाको संयुक्त बैठकमा नियमावली मस्यौदा समितिको प्रतिवेदनमाथि दफावार छलफल र पारित हुने संघीय संसदका महासचिव डा. भरतराज गौतमले जानकारी दिए ।

हिजो बसेको प्रतिनिधिसभा बैठकले सरकारको वार्षिक नीति तथा कार्यक्रम बहुमतले पारित गरेको थियो । सरकारले आगामी आर्थिक वर्ष २०८०/८१ को बजेट भोलि जेठ १५ गते संसदमा प्रस्तुत गर्दै छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !