२२ बैशाख २०८१, शनिबार

भोलि बुधबार संघीय संसद्को संयुक्त बैठक बस्ने


प्रतिनिधिसभाको बैठक

काठमाडौँ । भोलि बुधबार संघीय संसद्को दुवै सदनको संयुक्त बैठक बस्ने भएको छ । संघीय संसद्को संयुक्त सञ्चालन नियमावली मस्यौदा प्रतिवेदनमा छलफल गर्न बुधबार अपराह्न ४ बजे संयुक्त बैठक बस्ने भएको हो ।

प्रतिनिधिसभाको आजको बैठकमा सभामुख देवराज घिमिरेले सो जानकारी गराएका हुन् । सो सभामा सरकारको नीति तथा कार्यक्रममाथिको छलफल जारी रहनेछ । प्रतिनिधिसभाको अर्को बैठक बुधबार बिहान ११ बजे बस्नेछ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !