८ बैशाख २०८१, शनिबार

राष्ट्रियसभाद्वारा मुलुकीसंहिता अध्यादेश स्वीकृत


राष्ट्रियसभाको बैठक फाइल फोटो

काठमाडौं । राष्ट्रियसभाको आजको बैठकले ‘मुलुकी संहिता सम्बन्धी केही नेपाल ऐनलाई स्वीकृत गरेको छ । बैठकमा कानून, न्यायतथा संसदीय मामिलामन्त्री धनराज गुरुङको तर्फबाट श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीले ‘मुलुकी संहिता सम्बन्धी केही नेपाल ऐनलाई संशोधनगर्ने अध्यादेश, २०८० स्वीकृत गरियोस्’ भनी प्रस्ताव प्रस्तुत गरेकाथिए ।

बैठकमा संघीय संसदका महासचिव डा. भरतराज गौतमले ‘संघीय संसदको संयुक्त बैठक र संयुक्त समिति(कार्य सञ्चालन) नियमावली, २०७५ संशोधन मस्यौदा समिति’ गठन सम्बन्धमा प्रतिनिधि सभाबाट प्राप्त सन्देशको जानकारी गराएका थिए ।

बैठकमा सांसद गोपिबहादुर सार्की अछामीले प्रतिनिधि सभाबाट प्राप्त ‘संघीय संसदको संयुक्त बैठक र संयुक्त समिति (कार्य सञ्चालन) नियमावली, २०७५ संशोधन मस्यौदा समिति’मा राष्ट्रिय सभाका सदस्यहरुको मनोनय सहित समिति गठन सम्बन्धी प्रस्तावको स्वीकृतीको प्रस्ताव प्रस्तुत गरेकाथिए । उक्त प्रस्तावलाई सांसद प्रकाश पन्त र सांसद दिलकुमारी रावल थापा पार्वतीले समर्थन गरेकी थिइन् ।

प्रस्तावअनुसार उक्त मस्यौदा समितिमा राष्ट्रिय सभाका तर्फबाट रहने सदस्यहरुमा अनिता देवकोटा, गंगाकुमारी बेलवासे र भैरबसुन्दर श्रेष्ठ छन् । उक्त प्रस्तावलाई बैठकको सर्वसम्मतिले स्वीकृत गरेको थियो ।

बैठकले ‘कोभिड–१९ संकट व्यवस्थापनविधेयक, २०७८’लाई फिर्ता लिने प्रस्तावलाई समेत सर्वसम्मतिले स्वीकृत गरेको छ । बैठकमा स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतको तर्फबाट श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीले ‘कोभिड–१९ संकट व्यवस्थापन विधेयक, २०७८ फिर्ता लिने अनुमतिको प्रस्ताव’ प्रस्तुत गरेका थिए ।

यसैबीच, आजको बैठकमा राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले राष्ट्रपति रामचन्द्र पौडेलद्वारा आजै अपरान्ह ४ बजे बस्ने संघीय संसदको संयुक्त बैठकलाई सम्बोधनगर्ने कार्यक्रम रहेको जानकारी गराउँदै सांसदहरुलाई औपचारिक पोशाकमा १५ मिनेट अगाडि नै प्रतिनिधि सभाको बैठक कक्षमा आशनग्रहण गरिसक्न दिर्नेशन दिएका थिए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !