९ असार २०८१, आइतबार

जिल्ला सरकारी वकिल कार्यालयमा बालकृष्ण खाँणको बयान जारी


बालकृष्ण खाँण

काठमाडौँ । नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका पूर्वगृहमन्त्री समेत रहेका नेपाली कांग्रेसका केन्द्रीय सदस्य बालकृष्ण खाँणको बयान जारी रहेको छ । बबरमहलस्थित सरकारी वकिलको कार्यालयमा पूर्वगृहमन्त्री खाँणको बयान जारी रहेको हो ।

जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले आज खाँणलाई बयानका लागि सरकारी वकिलको कार्यालयमा पुर्याएपछि उनको बयान जारी रहेको हो । खाँणलाई गत वैशाख २७ गते बिहान प्रहरीले काठमाडौंको चावहिलको मैजुबहालस्थित निजी निवासबाट पक्राउ गरेको थियो ।

नक्कली शरणार्थी बनाई अमेरिका पठाउने लोभ देखाएर करोडौँको रकम ठगी गरेको घटनामा जोडिएपछि उनलाई प्रहरीले नियन्त्रणमा लिएको थियो ।यसअघि प्रहरीले हिजो उनका निजी सचिव नरेन्द्र केसी र तत्कालिन गृहसचिव टेकनारायण पाण्डेको पनि बयान आइतबार लिएर सकिएको थियो ।

यसअघि पक्राउ परेका ११ जनाको बयान सकिएपछि आज खाँण बयान सुरु भएको हो । हिजो जिल्ला अदालत काठमाडौंले खाँणसहित १२ जनालाई थप ४ दिन हिरासतमा राख्न अदालतको अनुमति लिएको थियो ।

खाँणलाई आफू मन्त्री भएको समयमा भुटानी शरणार्थी प्रमाणीकरण तथा तेस्रो देशमा पुनःस्थापनाका लागि बनेको कार्यदलको सक्कली प्रतिवेदन गायव पारेको र नक्कली प्रतिवेदन कार्यान्वयन गरेवापत लाभ लिएको आरोप लागेको छ भने उनले आफ्नो संलग्नता नरहेको भन्दै उक्त आरोपको अस्वीकार गर्दै आएका छन् ।

सोही प्रकरणमा फरार पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी हिजो आइतबार साँझ पक्राउ परिसकेका छन् । यससँगै नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ पर्नेको संख्या १३ पुगेको छ ।

सो प्रकरणमा पक्राउ पुर्जी जारी भएका तत्कालीन गृहमन्त्री रामबहदुर थापाका छोरा प्रतिक थापा, बादलकै सुरक्षा सल्लाहकार इन्द्रजित राईका छोरा निरज राई र नेपाली काँग्रेसका रामेछाप-१ बाट २०७० सालको संविधानसभा निर्वाचनमा निर्वाचित पूर्वसभासद आङ्टावा शेर्पा भने अझै फरार रहेका छन् ।

यो पनि पढ्नुहोस्

अन्तत: टोपबहादुर रायमाझी काठमाडौंबाटै पक्राउ

बालकृष्ण खाँणसहित १२ जनालाई थप ४ दिन हिरासतमा राख्न अदालतको अनुमति


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !