२० बैशाख २०८१, बिहिबार

बालकृष्ण खाँणसहित १२ जनालाई थप ४ दिन हिरासतमा राख्न अदालतको अनुमति


बालकृष्ण खाँण

काठमाडौँ । काठमाडौं जिल्ला अदालतले नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका पूर्वगृहमन्त्री बालकृष्ण खाँणसहित १२ जनालाई थप ४ दिन हिरासतमा राख्न अनुमति दिएको छ ।

जिल्ला अदालत काठमाडौँले नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने नाममा भएको ठगी प्रकरणमा संलग्न पूर्वगृहमन्त्री खाँणसहित १२ जनालाई थप ४ दिन हिरातमा राखेर थप अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको हो ।

उक्त प्रकरणमा खाणसहित पूर्वगृहसचिव टेकनारायण पाण्डे, पूर्व गृहमन्त्री रामबहादुर थापा बादलका सुरक्षा सल्लाहकार इन्द्रजित राई, केशव दुलाल, सानु भण्डारी, सागर राई, सन्देश शर्मा, टंककुमार गुरूङ र नेकपा एमाले सचिव एवं सांसद टोपबहादुर रायमाझीका छोरा सन्दीपलगायत पक्राउ परेका छन् ।

उनीहरु सबैलाई आज थप समय हिरासतमा राख्न अनुमति माग गर्दै प्रहरीले अदालतमा उपस्थित गराएको थियो । सो प्रकरणमा पक्राउ पुर्जी जारी भएका एमाले नेता टोपबहादुर रायमाझी, तत्कालीन गृहमन्त्री रामबहदुर थापाका छोरा प्रतिक, बादलकै सुरक्षा सल्लाहकार इन्द्रजित राईका छोरा निरज र पूर्वसभासद आङ्टावा शेर्पा भने अझै फरार रहेका छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !