९ आश्विन २०८१, बुधबार

एक्सनमा उत्रिए गृहमन्त्री श्रेष्ठ : भ्रष्टाचारीलाई नछाड्ने उद्घोष


नारायणकाजी श्रेष्ठ फाइल फोटो

काठमाडौं । गृहमन्त्री नारायणकाजी श्रेष्ठ एक्सनमा उत्रिएका छन् । गृहमन्त्री श्रेष्ठले नक्कली भुटानी शरणार्थी प्रकरणमा भ्रष्टाचारमा संलग्नहरुलाई नछाड्ने उद्घोष समेत गरेका छन् ।

आज बुधवार काठमाडौंमा आयोजित निर्मल लामा स्मृति प्रतिष्ठानको कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री श्रेष्ठले देशमा थुप्रै समस्या रहेकोमा कमिसन र भ्रष्टाचारले देश जर्जर बनाएको भन्दै अव चुप लागेर नबस्ने बताएका हुन् ।

श्रेष्ठले भ्रष्टाचारमा संलग्नहरूलाई नछोड्ने भन्दै कमिसनखोर र भ्रष्टाचारीलाई कारबाही गर्न आफू पछि नहट्ने स्पष्ट पारे । उनले खाडीमा काम गर्न गएका ३० लाख नेपालीलाई स्वदेशमै रोजगारी सिर्जना गर्न भ्रष्टाचारीलाई कारबाही गर्नुको विकल्प नरहेको बताए ।

श्रेष्ठले निर्दोष डराउनुपर्ने आवश्यकता नरहेको पनि बताए । उनले भ्रष्टाचारमाथि कारबाहीको मुद्दालाई अहिलेको सरकारले मुल मुद्दा बनाएको बताए । उनको यो साहसी कदमको अहिले चौतर्फी प्रशंशा भइरहेको छ ।

नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएका नेपाली कांग्रेसका नेता एवम पूर्वगृहमन्त्री बालकृष्ण खाणलाई आज बिहान मात्रै पक्राउ गरिएसंगै देशको राजनतिक तरंगित भएको छ ।

यो पनि पढ्नुहोस्

शीर्ष नेताहरुको बैठकमा गृहमन्त्री श्रेष्ठ पनि मिसिए

नक्कली भुटानी शरणार्थी प्रकरण : मुछिएका सवैलाई पक्राउ गर्न गृहमन्त्रीको आदेश

पूर्वगृहमन्त्री खाँणलाई म्याद थपका लागि अदालत लगियो

पूर्वगृहमन्त्री खाणलाई अनुसन्धानका लागि जिल्ला प्रहरी परिसर काठमाडौँ ल्याइयो

पूर्वगृहमन्त्री खाणका स्वकीय सचिव केसीसहित पक्राउ पर्नेको संख्या १२ पुग्यो

भुटानी शरणार्थी प्रकरण : पूर्वगृहमन्त्री बालकृष्ण खाँण पनि पक्राउ


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !