२ असार २०८१, शनिबार

मन्त्रिमण्डल हेरफेर : महिलामन्त्रीमा आचार्य नियुक्त, महिन्द्रलाई खानेपानीमा सरुवा


सुरेन्द्र आचार्य र महिन्द्र राय यादव

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मन्त्रिमण्डल विस्तार र हेरफेर गरेका छन् । आज आइतबार प्रधानमन्त्री प्रचण्डले मन्त्रिमण्डल विस्तार र हेरफेर गरेका हुन् ।

प्रधानमन्त्री प्रचण्डले नेपाली कांग्रेसका सुरेन्द्र आचार्यलाई महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रीमा नियुक्त गरेका छन् भने यसअघि उक्त मन्त्रालयको जिम्मेवारीमा रहेका डा. बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टी (नेसपा) का महिन्द्र राय यादवलाई खानेपानी मन्त्रालयमा सरुवा गरेका हुन् ।

नवनियुक्त मन्त्री आचार्य कपिलवस्तु-२ बाट विजयी भएका थिए । राष्ट्रपति पौडल निकट मानिने आचार्य यसअघि सिंचाइ राज्यमन्त्रीसमेत भएका थिए ।

खानेपानी मन्त्रालयको जिम्मेवारी यसअघि प्रधानमन्त्री प्रचण्ड आफैँले राखेका थिए । नवनियुक्त मन्त्री आचार्यको आज दिउँसो साढे १२ बजे राष्ट्रपति कार्यालय शीतल निवासमा शपथ कार्यक्रम राखिएको छ ।

यसअघि कांग्रेसबाट उपसभापति पूर्णबहादुर खड्कालाई उपप्रधान तथा रक्षामन्त्री, डा. प्रकाशशरण महत अर्थमन्त्री, सीता गुरुङ सहरी विकासमन्त्री, रमेश रिजाल उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री, एनपी साउद परराष्ट्रमन्त्री, धनराज गुरुङ कानुन, न्याय तथा संसदीय मामिलामन्त्री, मोहन बस्नेत स्वास्थ्य तथा जनसंख्यामन्त्री र डिगबहादुर लिम्बूले युवा तथा खेलकुदमन्त्री रहेका छन् ।

यो पनि पढ्नुहोस्

मन्त्रिपरिषद् विस्तार : कांग्रेसका सुरेन्द्र आचार्य महिलामन्त्री नियुक्त


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !