२३ बैशाख २०८१, आइतबार

मन्त्रिपरिषद् विस्तार : कांग्रेसका सुरेन्द्र आचार्य महिलामन्त्री नियुक्त


सुरेन्द्र आचार्य

काठमाडौं । नेपाली कांग्रेसका सुरेन्द्र आचार्यलाई महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री नियुक्त गरेका छन् । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले कांग्रेसका आचार्यलाई आज महिलामन्त्री नियुक्त गरेका हुन् ।

नवनियुक्त मन्त्री आचार्यको शपथ ग्रहण आज दिउँसो साढे १२ बजे शीतल निवासमा हुने तय भएको छ । नेपाली कांग्रेसको सिफारिसमा प्रधानमन्त्री प्रचण्डले आचार्यलाई महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको जिम्मा दिएका छन् ।

हाल महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय सम्हाल्दै आएका नेसपाका महिन्द्रराय यादवको भने मन्त्रालय परिवर्तन हुने भएको छ । नवनियुक्त मन्त्री आचार्य कपिलवस्तु क्षेत्र नम्बर २ बाट विजयी भएका थिए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !