६ जेष्ठ २०८१, आइतबार

सिंहदरबारमा मन्त्रिपरिषद्को बैठक जारी


मन्त्रिपरिषदको बैठक

काठमाडौँ । मन्त्रिपरिषद्को बैठक बसिरहेको छ । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा मन्त्रिपरिषद्को बैठक जारी रहेको हो ।

मन्त्रिपरिषद्को हिजोको नियमित बैठकअन्तर्गत छलफलका विषय नसकिएकाले आज पुनः मन्त्रिपरिषद्को बैठक बसेको हो । प्रधानमन्त्री प्रचण्डले बोलाएको मन्त्रिपरिषद्को बैठक आज बिहान ११ बजेदेखि सुरु भएको प्रधानमन्त्रीको स्वकीय सचिवालयले जनाएको छ ।

आजको बैठकले केही ठोस निर्णय गर्ने प्रवल सम्भावना समेत रहेको आंकलन गर्न सकिन्छ । आजै प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले दिउँसो ३ बजे बालुवाटारमा सत्तारुढ गठबन्धन दलको बैठक पनि बोलाएका छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !