२२ बैशाख २०८१, शनिबार

ढाकाकुमारको सांसद पद रिक्त भएको सदनलाई जानकारी


ढाकाकुमार श्रेष्ठ फाइल फोटो

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका ढाकाकुमार श्रेष्ठको सांसद पद रिक्त भएको सूचना सदनमा जानकारी गराइएको छ ।

प्रतिनिधिसभाको आजको बैठकमा सभामुख देवराज घिमिरेले सो पार्टीले श्रेष्ठलाई साधारण सदस्यसमेत नरहने गरी कारबाही गरेको सङ्घीय संसद् सचिवालयलाई प्राप्त भएको जानकारी गराए ।

सभामुख घिमिरेले राजनीतिक दलसम्बन्धी ऐन, २०७३ को दफा ३४ (१) बमोजिम दलबाट निष्काशन गरेको सूचनाको जानकारी सोही ऐनको दफा ३६ को प्रयोजनका लागि दफा ३५(१) बमोजिम सभालाई जानकारी गराएका हुन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !