२१ बैशाख २०८१, शुक्रबार

संसदीय समितिमा भागबण्डा र टीआरसीमा तीन दलबीच सहमति


प्रचण्ड, देउवा र ओलीबीच भेटवार्ता

काठमाडौँ । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा आज बसेको तीन राजनीतिक दलका शीर्ष नेताहरुको बैठक सहमतिमा टुंगिएको छ । सत्तारुढ दलहरु र नेकपा एमालेबीच केही समय अघिदेखि सुरु भएको रस्साकस्सी अन्तत: सहमतिमा टुंगिएको हो ।

सत्तारुढ दलहरु नेपाली कांग्रेस र नेकपा (माओवादी केन्द्र) तथा प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) बीच संसदीय समितिको भागण्बडामा सहमति भएको छ । यस्तै आजको बैठकमा टिआरसीबारे विशेष समिति गठन गर्ने पनि सहमति भएको हो ।

आज दिउँसो बसेको तीन दलको बैठकमा एमालेलाई तीन वटा समितिको सभापति दिने सहमति भएको हो । संघीय संसदका दुई विशेष समितिमध्ये एमालेले राज्यका निर्देशक सिद्धान्त अनुगमन तथा निर्देशन विशेष समितिको सभापति पाउने भएको छ ।

१० वटा विषयतगत समितिमा सार्वजनिक लेखा समिति र थप एक समितिको सभापति पनि एमालेले पाउने सहमिति भएको हो । यस्तै संसदीय सुनुवाई समितिको भने सभापति कांग्रेसले पाउने भएको छ ।

संवैधानिक परिषदसम्बन्धी विधेयक सिधै संसदमा लगेर पारित गर्ने सहमति भएको हो । संवैधानिक परिषदसम्बन्धी विधेयक पारित नहुँदा बैठक बस्न र प्रधानन्यायाधीश नियुक्ति सिफारिस गर्न कानुनी जटिलता सिर्जना भएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !