२० बैशाख २०८१, बिहिबार

सिंहदरबारमा प्रचण्ड, देउवा र ओलीबीच भेटवार्ता


प्रचण्ड, देउवा र ओलीबीच भेटवार्ता

काठमाडौं । सिंहदरबारमा तीन राजनीतिक दलका शीर्ष नेताहरुको बैठक जारी रहेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा शीर्ष नेताहरुको बैठक जारी रहेको हो ।

बैठकमा प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) का अध्यक्ष केपी शर्माबीच भेटवार्ता जारी रहेको हो ।

यस्तै छलफलमा एमाले उपाध्यक्ष तथा संसदीय दलका उपनेता सुवास नेम्वाङ, एमाले प्रमुख सचेतक पदम गिरी, कांग्रेस संसदीय दलका प्रमुख सचेतक रमेश लेखक र माओवादी केन्द्रका संसदीय दलका प्रमुख सचेतक हितराज पाण्डे पनि सहभागी रहेका छन् ।

संसदीय समितिको भागबण्डा, टिआरसी विधेयक लगायतका विषयमा छलफल गर्न तीन दलका शीर्ष नेताहरु छलफलमा जुटेका हुन् । यसपछि पनि तीन दलका शीर्ष नेताहरुको बैठक बसेपनि सहमति जुट्न नसकेपछि आज पुन बैठक बसेको हो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !