२२ बैशाख २०८१, शनिबार

बारा-२ मा जसपाका उपेन्द्र यादवको सुरुवाती अग्रता


उपेन्द्र यादव फाइल फोटो

बारा । बारा क्षेत्र नं २ मा आइतबार सम्पन्न उपनिर्वाचनको मतगणना जारी रहेको छ । बारा-२ को मतगणनामा जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादवले सुरुवाती अग्रता लिएका छन् ।

आज सोमबार दिउँसो मतगणना सुरु भएपछि पहिलो पटक सार्वजनिक भएको मतपरिणाममा यादवले २२४ मतसहित अग्रता लिएका हुन् । यस्तै जनमत पार्टीका शिवचन्द्र कुशवाहले १७०, नेकपा (एमाले) का पुरुषोत्तम पौडेलले १६६ मत पाएका छन् ।

त्यस्तै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का रमेश खरेलले ८० मत ल्याएका छन् भने आम जनता पार्टीका अरुण ज्ञवालीले १२ मत पाएका निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । करैयामाई गाउँपालिका वडा १ को मत गणना भएको हो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !