६ जेष्ठ २०८१, आइतबार

रास्वपा सभापति रवि लामिछानेविरुद्ध निर्वाचन आयोगमा उजुरी


रवि लामिछाने

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का अध्यक्ष रवि लामिछानेविरुद्ध निर्वाचन आयोगमा उजुरी परेको छ । रास्वपाका सभापति समेत रहेका चितवन निर्वाचन क्षेत्र नम्वर २ का उम्मेदवार लामिछानेविरुद्ध नेपाली कांग्रेसले आयोगमा उजुरी दिएको हो ।

चितवन-२ का कांग्रेसका उम्मेदवार जीतनारायण श्रेष्ठका प्रतिनिधि ध्रवराज पोखरेलले मुख्य निर्वाचन अधिकृतको कार्यालय, चितवन-२ मा उजुरी दिएका हुन् । पोखरेलले लामिछाने र चितवन जिल्लाका प्रमुख जिल्ला अधिकारीले निर्वाचन आचारसंहिताको उल्लंघन गरेको भन्दै कारबाही गर्न माग गरेका छन् ।

उजुरीमा मौन अवधि सुरु भएपछि सामाजिक सञ्जाल र अनलाइन मिडियामार्फत भोट मागेको, आचारसंहिता विपरीत मतदानस्थलमा हुल गरेर असहज परिस्थिति सिर्जना गरेको जस्ता ५ वटा आरोप लगाइएको छ ।

उजुरीमा मतदान प्रक्रिया चलिरहेको अवस्थामा सामाजिक सञ्जाल र अनलाइन मिडियाबाट रविले मत मागेको अडिओ/भिडिओ सार्वजनिक भएको तथा आचारसंहिताविपरीत विभिन्न मतदानस्थलमा हुलहुज्जत गर्ने/गराउने गरी मतदातालाई प्रभावित पारेको दाबी गरिएको छ ।

रवि लामिछानेविरुद्ध निर्वाचन आयोगमा उजुरी


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !