२१ बैशाख २०८१, शुक्रबार

कर्णाली प्रदेश सरकारका नवनियुक्त चार मन्त्रीले लिए शपथ


चार मन्त्रीले लिए शपथ

सुर्खेत । कर्णाली प्रदेश सरकारका नवनियुक्त चार जना मन्त्रीले शपथ लिएका छन् । कर्णालीका प्रदेश प्रमुख तिलक परियारले नवनियुक्त चार जना मन्त्रीहरुलाई पद तथा गोपनीयताको सपथ गराएका हुन् ।

कर्णालीका मुख्यमन्त्री राजकुमार शर्माले संविधानको धारा १६८ को उपधारा ९ बमोजिम नेपाली कांग्रेसबाट आर्थिक मामिला तथा योजना मन्त्रीमा बेदराज सिंह, सामाजिक विकास मन्त्रीमा खड्गबहादुर पोखरेल र उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रीमा कृष्णकुमार बिसीलाई नियुक्त गरेपछि उनीहरुले शपथ लिएका हुन् ।

सिंह जाजरकोट प्रदेशसभा (१) बिसी, दैलेख क्षेत्र नं १(१) र पोखरेलले सुर्खेत क्षेत्र नं १ (१)बाट प्रदेशसभा सदस्यमा निर्वाचित भएका थिए । यस्तै यसअघि भौतिक पूर्वाधार राज्यमन्त्री बनेकी माओवादीकी उर्मिला विश्वकर्माले जलस्रोत तथा उर्जा विकास मन्त्रीको रुपमा शपथ लिएकी छन् ।

गत चैत्र २५ गते नेकपा (एमाले)का आर्थिक मामिला तथा योजनामन्त्री विनोदकुमार शाह, उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री जीतबहादुर मल्ल र सामाजिक विकासमन्त्री टेकराज पछाईले सरकारबाट राजीनामा दिएपछि रिक्त रहेका मन्त्रालयमा कांग्रेसका तीन मन्त्री नियुक्त गरेर उनीहरुले सपथ लिएका हुन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !