२२ बैशाख २०८१, शनिबार

गठबन्धनले आज बारामा गर्ने चुनावीसभालाई शीर्ष नेताले सम्वोधन गर्दै


प्रचण्ड, शेरबहादुर देउवा, माधव नेपाल र उपेन्द्र यादव

काठमाडौं । पाँचदलीय सत्ता गठबन्धनले आज बारा जिल्लाको निर्वाचन क्षेत्र नम्वर २ को महागढीमाईस्थित बरियारपुरमा चुनावीसभा गर्दैछ । गठबन्धनको तर्फबाट साझा उम्मेदवार बनेका जसपाका अध्यक्ष उपेन्द्र यादव उम्मेदवार रहेको बारा-२ मा आज बिहीबार चुनावी सभा हुन लागेको हो ।

उक्त चुनावीसभालाई प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल, लोसपाका अध्यक्ष महन्थ ठाकुर लगायतका गठबन्धनका शीर्ष नेताहरुले सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।

पाँचदलीय गठबन्धनको आयोजनामा हुने चुनावीसभा बिहान ११ बजे सुरु हुने छ । यही वैशाख १० गते बारा–२ सँगै चितवन–२ र तनहुँ–१ मा उपनिर्वाचन हुँदै छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !