२१ बैशाख २०८१, शुक्रबार

सरकारको न्यूनतम साझा कार्यक्रममा कांग्रेस र माओवादीका चुनावी एजेण्डा


गठबन्धनको बैठक

काठमाडौं । १० दलीय सत्ता गठबन्धनले आज साँझ ५ बजे सरकारको न्युनतम साझा कार्यक्रम सार्वजनिक गर्ने भएको छ । आज बिहीवार बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको गठबन्धनको बैठकले सो निर्णय गरेको हो ।

गठबन्धन सरकारले नेपाली कांग्रेस र नेकपा (माओवादी केन्द्र) का अधिकांश चुनावी एजेण्डा प्राथमिकतामा राखेर न्यूनतम साझा कार्यक्रम आज सार्वजनिक गर्ने भएको हो ।

बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै माओवादी केन्द्रका महासचिव देवप्रसाद गुरुङले गठबन्धनका दलहरुबीचमा सरकारको न्युनतम साझा नीति तथा कार्यक्रमको बारेमा सैद्धान्तिक र नीतिगत विषयमा सहमति जुटेको बताए ।

उनले साना केही सुझावहरु आज बेलुकी ५ बजेसम्म दल र नेताहरुले दिनसक्ने ५ बजे सरकारको न्युनतम साझा कार्यक्रम सार्वजनिक सार्वजनिक गर्ने निर्णय भएको बताए । उनले आजको बैठकमा मन्त्रिपरिषद्लाई पूर्णता दिने विषयले प्रवेश नपाएको पनि बताए ।

गत मंगलबार बसेको गठबन्धनको बैठकमा उक्त कार्यक्रममाथि छलफल भए अनुसार थप परिमार्जन गरेर आज सार्वजनिक गर्न लागिएको हो । कार्यदलले तयार पारेअनुसार ९ वटा विषयलाई प्राथमिकतामा राखेर नीति तथा कार्यक्रम सार्वजनिक गर्न लागेको हो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !