२३ भाद्र २०८१, आइतबार

सर्वोच्चद्वारा रविले अमेरिकी राहदानी त्यागेको निस्सा माग


रवि लामिछाने र सर्वोच्च अदालत

काठमाडौँ । सर्वोच्च अदालतले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले अमेरिकी राहदानी त्यागेको निस्सा माग गरेको छ । सर्वोच्चले लामिछानेले अमेरिकी राहदानी त्याग गरेको निस्सा पेस गर्न आदेश जारी गरेको हो ।

आज बुधबार सर्वोच्चका न्यायाधीश हरिप्रसाद फुयालको इजलासमा राहदानी मुद्दामा छुटकारा दिने महान्यायाधिवक्ता कार्यालयको निर्णयविरुद्ध परेको रिटमा प्रारम्भिक सुनुवाइ सुनुवाइ गर्दै राहदानी त्यागेको निस्सा मागेको हो ।

इजलासले लामिछानेविरुद्ध राहदानी कसुरमा मुद्दा चलाउन नपर्ने कारण महान्यायाधिवक्ता कार्यालय लगायत सम्बन्धित निकायसँग माग गरेको हो । मुद्दा नचलाउने निर्णय कार्यान्वयन नगर्न निवेदक युवराज पौडेल ‘सफल’ ले माग गरे तापनि सर्वोच्चले रिटको अन्तिम किनारा लाग्दै सम्बोधन हुने भन्दै अन्तरिम आदेश भने आज दिएन ।

लामिछानेविरुद्ध परेको रिटमाथि सर्वोच्चले महान्यायाधिवक्ताको कार्यालयलाई मुद्दा नचलाउनुको कारण माग गरेको छ । यसअघि लामिछानेको राहदानी दुरुपयोगसम्बन्धी मुद्दा नचल्ने भनी महान्यायाधिवक्ता डा. दिनमणि पोखरेलले गरेको निर्णय बदर गर्नुपर्ने माग गर्दै दायर भएको रिट निवेदन सोमबार दर्ता भएको थियो ।

महान्यायाधिवक्ता डा. पोखरेलले गत चैत ६ गते लामिछानेमाथि राहदानी दुरुपयोगमा मुद्दा नचलाउने निर्णय गरेका थिए । अधिवक्ता सफलद्वारा लामिछानेविरुद्ध दायर गरेको रिट निवेदनमा राहदानी दुरुपयोगमा सजाय हुनुपर्नेमा उन्मुक्ति दिएको उल्लेख गर्दै उक्त निर्णय बदर गर्न माग गरिएको थियो ।

यस्तो छ सर्वोच्च अदालतले दिएको कारण देखाऊ आदेश

सर्वोच्च अदालतले दिएको कारण देखाऊ आदेश सर्वोच्च अदालतले दिएको कारण देखाऊ आदेश

यो पनि पढ्नुहोस्

रवि लामिछानेविरुद्ध परेको रिटमा सर्वोच्चद्वारा कारण देखाऊ आदेश जारी

चितवन-२ मा रवि लामिछानेको उम्मेदवारी कायम रहने


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !