२१ बैशाख २०८१, शुक्रबार

राष्ट्रपति रामचन्द्र पौडेल अस्पतालबाट डिस्चार्ज


रामचन्द्र पौडेल

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल अस्पतालबाट डिस्चार्ज भएका छन् । काठमाडौँको महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालमा उपचार गराएर उनी राष्ट्रपति कार्यालय फर्किएका हुन् ।

राष्ट्रपति पौडेल चैत १८ गते अस्पताल भर्ना भएका थिए । राष्ट्रपति पौडेल पेटमा समस्या देखिएपछि अस्पतालमा भर्ना भएका थिए । अस्पतालमा उनलाई चिकित्सकको निगरानी राखिएको थियो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !