६ जेष्ठ २०८१, आइतबार

मैले कसैलाई पीडा दिएको छैन्, तर सिध्याउन मुद्दामाथि मुद्दा हालियो : रवि लामिछाने


रवि लामिछाने

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले आफूले कसैलाई पीडा नदिएको तर आफूलाई सिध्याउन मुद्दामाथि मुद्दा हालिएको दावी गरेका छन् ।

आगामी वैशाख १० गते हुने उपनिर्वाचनमा उम्मेदवारी दर्तापछि घरदैलो कार्यक्रममा बोल्दै लामिछानेले आफ्नो कारणबाट कोही पनि पीडित नभएको दाबी गरेका हुन् ।

लामिछानेले आफूलाई सिध्याउन र तर्साउन मुद्दामाथि मुद्दा हालिएको बताउँदै आफूहरूको शान्त विद्रोह गरेर कसैलाई केही नगरीकन २० सिट जितेको बताए । उनले आफूहरु देश बनाउनको लागि राजनीतिमा होमिएको सुनाए । उनले आफूले इमानदारितापूर्वक व्यवहार गरेको बताए ।

लामिछानेको उम्मेदवारीविरुद्ध आज उजुरी परेको छ । आगामी बैशाख १० गते हुन लागेको उपनिर्वाचनका लागि चितवन-२ बाट उम्मेदवार बनेका लामिछानेविरुद्ध अधिवक्ता युवराज पौडेल (सफल) ले दाबी विरोधको निवेदन दिएका हुन् ।

लामिछानेको राहदानी दुरुपयोगसम्बन्धी मुद्दा नचल्ने भनी महान्यायाधिवक्ता डा. दीनमणि पोखरेलले गरेको निर्णय बदर गर्नुपर्ने माग गर्दै हिजो दर्ता भएको रिट निवेदनको आज प्रारम्भिक सुनुवाइ हुँदैछ । सफलले नै लामिछानेविरुद्ध हिजो दायर गरेको रिट निवेदनमा राहदानी दुरुपयोगमा सजाय हुनुपर्नेमा उन्मुक्ति दिएको उल्लेख गर्दै उक्त निर्णय बदर गर्न माग गरेका छन् ।

उपनिर्वाचनका लागि हिजो उम्मेदवारी दर्ता गरिएको थियो । निर्वाचन आयोगले उपनिर्वाचनका लागि मनोनयन दर्ता गरेका उम्मेदवारमाथि आज उजुरी दिने समय तोकेको छ ।

यो पनि पढ्नुहोस्

चितवन-२ का उम्मेदवार रवि लामिछानेविरुद्ध पनि युवराजको उजुरी

रवि लामिछानेविरुद्धको मुद्दा न्यायाधीश अनिल सिन्हाको इजलासमा

रवि लामिछानेविरुद्धको रिटमा सर्वोच्चमा आज प्रारम्भिक सुनुवाइ हुँदै


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !