२१ बैशाख २०८१, शुक्रबार

तनहुँ-१ मा रास्वपाका स्वर्णिम वाग्लेद्वारा उम्मेदवारी दर्ता


स्वर्णिम वाग्ले

तनहुँ । तनहुँ निर्वाचन क्षेत्र नम्वर १ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट अर्थविद् डा. स्वर्णीम वाग्लेले उम्मेदवारी दर्ता गराएका छन् । मुख्य निर्वाचन अधिकृतको कार्यालय पुगेर वाग्लेले आफ्नो उम्मेदवारी दर्ता गराएका हुन् ।

उनको प्रस्तावकमा विश्व बाँस्तोला र समर्थकमा डा. रुपक घिमिरे रहेका छन् । आगामी वैशाख १० गते हुने प्रतिनिधिसभा सदस्यको उपनिर्वाचनका लागि आज चैत २० गते सोमबार वाग्लेको उम्मेदवारीको मनोनयनपत्र दर्ता भएको हो ।

उक्त निर्वाचन क्षेत्रमा नेपाली काँग्रेसका गोविन्द्र भट्टराई र नेकपा (एमाले) का सर्वेन्द्र खनालले पनि उम्मेदवारी दर्ता गराएका छन् । गत मंसीर ४ गतेको आम निर्वाचनमा निर्वाचित रामचन्द्र पौडेल राष्ट्रपतिमा निर्वाचित भएपछि तनहुँ-१ का लागि उपनिर्वाचन हुन लागेको हो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !