२२ बैशाख २०८१, शनिबार

प्रधानमन्त्री प्रचण्डद्वारा राष्ट्रपति पौडेलको शीघ्र स्वास्थ्यलाभको कामना


रामचन्द्र पौडेल र प्रधानमन्त्री प्रचण्ड फाइल फोटो

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रपति रामचन्द्र पौडेलको स्वास्थ्य अवस्थाका बारेमा जानकारी लिएका छन् ।

आज बिहान त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्ज पुगी प्रधानमन्त्री दाहालले उपचाररत राष्ट्रपति पौडेलको स्वास्थ्य अवस्थाका बारेमा जानकारी लिएका हुन् ।

प्रधानमन्त्रीले राष्ट्रपतिको शीघ्र स्वास्थ्यलाभको कामना गरेको उनका स्वकीय सचिव रमेश मल्लले जानकारी दिए । स्वास्थ्यमा समस्या देखिएको भन्दै राष्ट्रपति पौडेल शनिबार अस्पतालमा भर्ना भएका हुन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !