५ जेष्ठ २०८१, शनिबार

काँग्रेसका सांसद रमेश रिजाल परराष्ट्रमन्त्री बन्ने


रमेश रिजाल

काठमाडौँ । नेपाली काँग्रेसका सांसद रमेश रिजाल परराष्ट्रमन्त्री बन्ने भएका छन् । कांग्रेस सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई रिजाललाई परराष्ट्रमन्त्रीमा नियुक्त गर्न सिफारिस गर्ने भएका हुन् ।

सत्ता गठबन्धनमा भएको सहमतिअनुसार नेपाली काँग्रेसले ८ वटा मन्त्रालयसहित सरकारमा सहभागी हुन लागेको हो । यसअघि कांग्रेसमा परराष्ट्रमन्त्रीमा उपसभापति पूर्णबहादुर खड्का कि रिजाल बन्ने भन्ने विषयमा टुंगो लाग्न सकेको थिएन ।

प्रधानमन्त्री प्रचण्डले आज शुक्रबार दिउँसो मन्त्रिपरिषद् विस्तार गरेर ३ बजे मन्त्रीहरुको सपथ गराउन राष्ट्रपति कार्यालयलाई तयारीको लागि जानकारी गराएका छन् ।

रिजाल पर्सा निर्वाचन क्षेत्र नम्वर ४ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य हुन् । २०४९ को निर्वाचन रिजालले जितेका थिए भने २०५२ सालको मध्यावधि चुनाव पनि जिते । २०५६ सालको चुनाव हारेका रिजालले २०६४ मा फेरि विजय भए । २०७० र २०७४ सालको निर्वाचन उनी हारेका थिए भने २०७९ सालको आम निर्वाचनमा उनी विजयी भएका हुन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !