२२ बैशाख २०८१, शनिबार

प्रधानमन्त्री प्रचण्ड राष्ट्रपति पौडेललाई भेट्न पुगे शीतल निवास


रामचन्द्र पौडेल र प्रधानमन्त्री प्रचण्ड फाइल फोटो

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ राष्ट्रपति कार्यालय शीतल निवास पुगेका छन् । प्रधानमन्त्री प्रचण्ड राष्ट्रपति रामचन्द्र पौडेललाई भेट्न शीतल निवास पुगेका हुन् ।

मन्त्रिपरिषद् विस्तारपछि आजै ४ बजेभित्र शपथ गराउने तयारीमा रहेका प्रधानमन्त्री प्रचण्ड त्यसअघि शुक्रबार बिहान शीतल निवास पुगेका हुन् । बालुवाटार स्रोतका अनुसार राष्ट्रपति रामचन्द्र पौडेलसँग प्रधानमन्त्रीको अहिले भेटवार्ता जारी रहेको छ ।

आज केही मन्त्री थपेर मन्त्रिपरिषद् विस्तार गर्ने प्रधानमन्त्री प्रचण्डले तयारी गरेका छन् । यसअघि भागबण्डा मिलिसकेका दलसँग उनले दिउँसो १ बजेसम्म मन्त्रीको नाम मागेका छन् ।

प्रधानमन्त्रीले राष्ट्रपति कार्यालयमा नाम बुझाएपछि सोही अनुसार शपथ लगायतको व्यवस्थापन राष्ट्रपति कार्यालयले गर्नुपर्ने भएकाले प्रधानमन्त्री शीतल निवास गएको बुझिएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !