११ मंसिर २०८१, मंगलबार

प्रचण्डसँग वार्तापछि मन्त्री छान्न नेपालले बोलाए आकस्मिक बैठक


एकीकृत समाजवादी सचिवालय बैठक

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) ले सचिवालयको आकस्मिक बैठक बोलाएको छ । अध्यक्ष माधव नेपालले पार्टी कार्यालय आलोकनगरमा आज बुधबार दिउँसो साढे १ बजे बस्नेगरी सचिवालयको बैठक बोलाएका हुन् ।

प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ संग ‘वान टु वान’ वार्ता गरेपछि पार्टीको तर्फबाट सरकारमा सहभागी हुने मन्त्रीको नाम टुंगो लगाउन अध्यक्ष नेपालले सचिवालयको आकस्मिक बैठक बोलाएका हुन् ।

अध्यक्ष नेपालले आफ्नो पार्टीले ३ मन्त्रालयको अडान नछाडेपछि प्रधानमन्त्री प्रचण्डले ‘वान टु वान’ वार्ता गरेका छन् । प्रधानमन्त्री प्रचण्डसंगको वार्तापछि उक्सिएका नेपालले प्रधानमन्त्री प्रचण्डले आज बेलुकासम्म मन्त्रीको नाम दिन भनेपछि बैठक बोलाइएका हुन् ।

एकीकृत समाजवादीको आज बस्ने बैठकले एक जनामात्रै पठाउँदा कसलाई र अर्को चरणमा कसलाई पठाउने भन्नेबारे निर्णय गर्नेछ । प्रचण्डले नेपाललाई आज बेलुकासम्म जसरी पनि मन्त्री बन्ने एक जनाको नाम आग्रह गरेका छन् ।

गठबन्धनमा भागबण्डा नमिल्दा मन्त्रिपरिषद्को विस्तार दुई चरणमा हुने देखिएको छ । गठबन्धनका दलहरुले आफ्नो अडान नछोडेपछि प्रधानमन्त्री प्रचण्डले मन्त्रिपरिषद् विस्तार दुई चरणमा गर्ने तयारी गरेका हुन् ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आज बसेको गठबन्धनको बैठकमा दलहरुबीच सहमति नबन्दा मन्त्रिपरिषद् विस्ताए दुई चरणमा हुने भएको नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले बताए ।

उनका अनुसार गठबन्धनको बैठकमा मन्त्रालयको भागबण्डाको विषयमा आज पनि सहमति जुट्न नसकेर बैठक निष्कर्षविहीन टुंगिएकोले आजै दिउँसो ३ बजे पुन: बैठक बस्ने छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !