४ बैशाख २०८१, मंगलबार

मन्त्रिपरिषद पुनर्गठनको विषयमा छलफल गर्न गठबन्धनको बैठक बस्दै


१० दलका शीर्ष नेताहरूको बैठक फाइल फोटो

काठमाडौँ । सत्ता गठबन्धनको बैठक आज बस्दै छ । मन्त्रिपरिषद पुनर्गठनको विषयमा छलफल गर्न गठबन्धनको बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार बेलुका ४ बजे बस्ने भएको हो ।

मन्त्रिपरिषद पुनर्गठनका विषयमा सहमति जुटाउन सत्ता साझेदार दलका शीर्ष नेताहरुको बैठक आज बस्ने भएको हो । गठबन्धनको आज बस्ने बैठकले मन्त्रिपरिषद्लाई पूर्णता दिने विषयमा ठोस निष्कर्षमा पुग्ने बताइएको छ ।

शीर्ष नेताहरुको तहमा अनौपचारिक छलफल जारी रहेतापनि छिटोभन्दा छिटो मन्त्रिपरिषद्लाई पूर्णता दिन आज बैठक बस्ने भएको हो । सरकारमा सहभागी हुने विषयलाई लिएर प्रधानमन्त्री प्रचण्ड र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले मंगलबार छलफल गरेका थिए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !