१८ बैशाख २०८१, मंगलबार

निवर्तमान उपराष्ट्रपति नन्दबहादुर पुनको बिदाइ


नन्दबहादुर पुनको बिदाइ

काठमाडौं । निवर्तमान उपराष्ट्रपति नन्दबहादुर पुनको बिदाइ गरिएको छ । राष्ट्रपति निवास शीतलनिवासमा आयोजित नवनिर्वाचित उपराष्ट्रपतिको शपथग्रहण भएसँगै निवर्तमान उपराष्ट्रपति पुनको बिदाइ गरिएको हो ।

निवर्तमान उपराष्ट्रपति पुनलाई नेपाल सरकारको तर्फबाट प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले मायाको चिनो प्रदान गरेका थिए । प्रधानमन्त्री प्रचण्डले आँखीझ्याल उपहार दिएर पुनलाई बिदाइ गरेका थिए ।

उपराष्ट्रपति पुन लैनचौरस्थित उपराष्ट्रपति भवन हरितगृहबाट निजी निवासमा सरिसकेका छन् । उनी चैत २ गते बिहीबार अपराह्न १ बजे उपराष्ट्रपति भवनबाट चन्द्रागिरि नगरपालिका वडा नं १ दहचोकस्थित निजी निवासमा सरेका थिए ।

नेपालको संविधानबमोजिम चैत ३ गते उपराष्ट्रपतिको निर्वाचन हुन लागेका सन्दर्भमा निवासको आवश्यक मर्मत तथा सरसफाइ सहजताका लागि उपराष्ट्रपति आजै निजी निवासमा सरेका हुन् । नवनिर्वाचित उपराष्ट्रपतिले पद तथा गोपनीयताको शपथ तथा पदभार ग्रहण नगरेसम्म उपराष्ट्रपति पुन निजी निवासबाटै कार्यालयमा पुगेका थिए ।

यो पनि पढ्नुहोस्

उपराष्ट्रपति नन्दबहादुर पुन सरे आफ्नो निजी निवासमा


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !