७ बैशाख २०८१, शुक्रबार

उपराष्ट्रपति निर्वाचन : राप्रपाले भाग नलिने, तटस्थ बस्ने


राप्रपा कार्यसम्पादन बैठक

काठमाडौं । आज हुन गइरहेको उपराष्ट्रपतिको पदको निर्वाचनमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले भाग नलिने भएको छ । यसअघि चैत १ गते बसेको राप्रपाको कार्यसम्पादन समितिको बैठकले उपराष्ट्रपति निर्वाचनमा तटस्थ बस्ने निर्णय गरेको थियो ।

राप्रपाले उपराष्ट्रपति निर्वाचनको मतदानमा कसैलाई पनि मत नदिने र तटस्थ बस्ने निर्णय गरेको थियो । गत फागुन २५ गते सम्पन्न राष्ट्रपति निर्वाचनमा पनि राप्रपा मतदान प्रक्रियामा सहभागी भएको थिएन ।

नयाँ बानेश्वरस्थित संघीय संसद् भवनमा आज शुक्रबार उपराष्ट्रपति चयनका लागि मतदान हुँदै छ । संसद् भवनको ल्होत्से हलमा दुई मतदान केन्द्रको व्यवस्था गरिएको छ ।

आज बिहान १० देखि अपराह्न ३ बजेसम्म मतदानको व्यवस्था मिलाइएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । उपराष्ट्रपतिको निर्वाचनमा अष्टलक्ष्मी शाक्य (बोहरा), प्रमिला कुमारी, ममता झा र रामसहायप्रसाद यादव गरी चार उम्मेदवार रहेका छन् ।

यस्तो छ राप्रपाले जारी गरेको प्रेस विज्ञप्ति

राप्रपाले जारी गरेको प्रेस विज्ञप्ति

यो पनि पढ्नुहोस्

राप्रपाको निर्णय : उपराष्ट्रपतिको निर्वाचनमा पनि तटस्थ बस्ने


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !