४ बैशाख २०८१, मंगलबार

राप्रपाको निर्णय : उपराष्ट्रपतिको निर्वाचनमा पनि तटस्थ बस्ने


राप्रपा कार्यसम्पादन बैठक

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी उपराष्ट्रपति निर्वाचनमा पनि तटस्थ बस्ने भएको छ । धुम्वाराहीस्थित केन्द्रीय कार्यालयमा बसेको कार्यसम्पादन बैठकले उपराष्ट्रपति निर्वाचनमा तटस्थ बस्ने निर्णय गरेको हो ।

राप्रपाका प्रवक्ता मोहन श्रेष्ठका अनुसार राप्रपाको केन्द्रीय कार्यसम्पादन समितिको आज बुधबार बसेको बैठकले उपराष्ट्रपति निर्वाचनको मतदानमा कसैलाई पनि मत नदिने र तटस्थ बस्ने निर्णय गरेको जानकारी दिए । गत फागुन २५ गते सम्पन्न राष्ट्रपति निर्वाचनमा पनि राप्रपा मतदान प्रक्रियामा सहभागी भएको थिएन ।

बैठकले किसानले रासायनिक मलमा पाउँदै आएको अनुदान घटाउने सरकारी निर्णयको विरोध समेत गरेको छ । किसानले रासायनिक मलमा पाउँदै आएको अनुदान घटाउने र मूल्यवृद्धि गर्ने निर्णय अदूरदर्शी, अमानवीय र अनुचित भएको पनि राप्रपाको ठहर छ ।

राप्रपाले आज एक प्रेस विज्ञप्ति जारी गर्दै रासायनिक मल सम्बन्धमा पार्टीका ७७ वटै जिल्ला समितिले एक हप्ताभित्र प्रमुख जिल्ला अधिकारीमार्फत सरकारलाई ज्ञापनपत्र बुझाउने, धर्ना दिने र सभा गर्ने निर्णय गरेको छ ।

राप्रपाले बैंक तथा वित्तीय संस्थाहरुले ऋणीहरुसँग उठाइरहेको ब्याजदर तत्काल नियन्त्रण गर्न, अस्वभाविक रुपमा बढेको ब्याज घटाउन र देशमा वित्तीय सन्तुलन कायम राख्न समेत सरकारको ध्यानाकर्षण गराएको छ ।

यस्तो छ राप्रपाले जारी गरेको प्रेस विज्ञप्ति

राप्रपाले जारी गरेको प्रेस विज्ञप्ति


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !