२३ बैशाख २०८१, आइतबार

प्रधानमन्त्री प्रचण्डसँग प्रदेश प्रमुखको भेट


प्रधानमन्त्री प्रचण्डसँग प्रदेश प्रमुखको भेट

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग विभिन्न छ प्रदेशका प्रमुखले भेटवार्ता गरेका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा आज भएको भेटमा उनीहरुबीच प्रदेशको अवस्थाका बारेमा छलफल भएको प्रधानमन्त्री कार्यालयले जनाएको छ ।

प्रधानमन्त्री दाहाललाई भेट गर्न छ वटा प्रदेशका प्रदेश प्रमुख बालुवाटार पुगेका थिए । प्रधानमन्त्रीसँग कोसी, मधेस, बागमती, गण्डकी, लुम्बिनी र कर्णालीका प्रदेश प्रमुखले भेट गरेका हुन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !