७ बैशाख २०८१, शुक्रबार

सुवास नेम्वाङले पाए एमाले संसदीय दलको उपनेताको जिम्मेवारी


सुवास नेम्वाङ

काठमाडौँ । नेकपा (एमाले) को संसदीय दलको उपनेतामा सुवासचन्द्र नेम्वाङलाई जिम्मेवारी दिइएको छ । पार्टी अध्यक्ष एवम् संसदीय दलका नेता केपी शर्मा ओलीले उहाँलाई आज संसदीय दलको उपनेतामा मनोनयन गरेका हुन् ।

इलाम–२ बाट विजयी नेम्वाङ एमालेका उपाध्यक्षसमेत हुन् । २०५१ सालमा न्याय, कानुन तथा संसदीय व्यवस्थामन्त्री हुनुभएका नेम्वाङ २०६३ मा पुनःस्थापित प्रतिनिधिसभाको सभामुख तथा पहिलो र दोस्रो संविधानसभाको अध्यक्ष थिए ।

अध्यक्ष ओलीले प्रतिनिधिसभाको प्रमुख सचेतकमा पदम गिरी र सचेतकमा महेश बर्तौलालाई नियुक्त गरेका थिए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !