१९ बैशाख २०८१, बुधबार

राष्ट्रपतिमा निर्वाचित भएपछि पौडेलबाट पार्टीको सदस्यता त्याग


रामचन्द्र पौडेल

काठमाडौँ । नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेलले नेपाली कांग्रेससँगको सम्लग्नता त्याग गरेका छन् । पार्टीको वरिष्ठ नेता रहेका उनी यही फागुन २५ गते राष्ट्रपतिमा निर्वाचित भएका हुन् ।

नेता पौडेलले आज कांग्रेस केन्द्रीय कार्यालयमा पत्राचार गर्दै आफू राष्ट्रपतिमा निर्वाचित भएकाले पार्टीको सदस्यबाट अलग भएको जानकारी गराएको पार्टीका मुख्यसचिव कृष्णप्रसाद पौडेलले बताए ।

नेपालको संविधानमा निर्वाचन, मनोनयन वा नियुक्ति हुने राजनीतिक पदमा बहाल रहेको व्यक्ति राष्ट्रपति निर्वाचित भए निजको त्यस्तो पद स्वतः रिक्त हुने उल्लेख छ ।

नवनिर्वाचित राष्ट्रपति पौडेलले भोलि सोमबार पद तथा गोपनियताको शपथ ग्रहण गर्ने भएका छन् । राष्ट्रपतिको कार्यालयले उनको शपथका लागि सोमबार दिउँसो १ बजे विशेष समारोह गर्ने तयारी गरेको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !