१८ बैशाख २०८१, मंगलबार

राष्ट्रपति भण्डारीको कार्यकाल सकियो, निजी निवास बूढानीलकण्ठमा सर्ने तयारी


विद्यादेवी भण्डारी

काठमाडौं । वर्तमान राष्ट्रपति विद्यादेवी भण्डारीको कार्यकाल आजदेखि सकिंदैछ । राष्ट्रपति भण्डारीको दोस्रो चरणको पाँच वर्षे कार्यकाल आज रातिदेखि सकिन लागेको हो ।

भण्डारी शितलनिवासबाट बुढानीलकण्ठ-२ चपलीस्थित निजी निवासमा सर्ने तयारीमा रहेको उनको सचिवालयले जनाएको छ । उनी भोलि २९ गते निजी निवासमा सर्ने तयारीमा रहेकी छिन् ।

भण्डारी २०७२ कात्तिक ११ गते राष्ट्रपति पदमा पहिलोपटक निर्वाचित भएपछि दोस्रो कार्यकालका लागि २०७४ साल फागुन २९ गते निर्वाचित भएकी थिइन् ।

नयाँ राष्ट्रपतिमा नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल फागुन २५ गते निर्वाचित भइसकेकोले भण्डारीले शीतलनिवास छाड्नुपर्ने भएको हो । उनको शपथ ग्रहण भोलि हुँदैछ। पौडेललाई कामु प्रधानन्यायाधीश हरिकृष्ण कार्कीले पद तथा गोपनीयताको शपथ खुवाउने छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !